काठमाडौं, नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेट अन्तर्गत आफ्नो तेश्रो खेलमा हङकङलाई ८ विकेटले हराएको छ । नेपालका लागि अपनर कुशल भुर्तेल र आसिफ शेखले लगातार छक्का र चौका बर्षाउँदै हङकङका बलरहरुलाई दवावमा राखेका थिए । आसिफ ४० रन (१८ बल) बनाएर आउट भए भनें भुर्तेलले आउट हुनु अगाडी ३२ रन (१९ बल) जोडे । मध्यम लक्ष्य पछ्याएको नेपाललाई दुई ओपनरले सहज जीतको आधार तयार पारेका थिए । यसैगरी नेपालका लागि कप्तान रोहित पौडेलले २५ रन(२० कल) बनाए भनें सन्दिप जोराले १७ बलमा १९ रनको योगदान गरे ।

यस अगाडी नेपालको कसिलो बलिंग सामु हङकङका व्याटर चल्न सकेनन् । वर्षाका कारण १८ १८ ओभरमा छोट्याइएको खेलमा हङकङ ११४ रनमा अलआउट हुन पुगेको थियो । हङकङका लागि अंशुमान रथले ३४ रन बनाए भनें जेसान अलीले १४ रन जोडे । नेपालका तर्फबाट अविनाश बोहराले ३ विकेट हात पारे भनें ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २ २ विकेट लिए । पहिलो विकेट भनें करण केसीले लिएका थिए । हङकङका तर्फबाट इशान खान र यासिम मुर्तजाले एक एक विकेट हात पारे ।

जीतसँगै नेपालको ६ अंक भएको छ र सेमिफाइनल प्रवेश गरेको छ । अव नेपालले चौथो खेल केवल औपचारिकता हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय