काठमाडौ, रोजगारीका लागि माल्दिभ्स र मलेसिया पठाइदिने नाममा लाखौँ रुपैयाँ ठगेको अभियोगमा एकजना पक्राउ परेका छन् । धनुषा बडहरी नगरपालिका २ बस्ने ३९ वर्षीय मोहनप्रसाद तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार तिमल्सिनाले श्याम लामा समेत पाँच जनालाई माल्दिभ्स र मलेसियाका विभिन्नहोटलहरुमा काममा लगाइदिने भन्दै पटकपटक गरी २० लाख रुपैयाँ रकम लिएका थिए । तर सो रकम लिएपछि उनी सम्पर्कविहीन भएको पीडितहरुको उजुरी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय