सहकारी ठगिमा संलग्न नरहेको मन्त्री अर्यालको स्पष्टोक्ति

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले सहकारी ठगीमा आफनो कुनै पनि संलग्नता नरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका अर्यालले बजारमा हल्ला फिजाईए जस्तो गरी सहकारी ठगीमा आफनो कुनै भूमिका नरहेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ५ काठमाडौले नयाँ बर्ष, २०८१ को पूर्वसन्ध्यामा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले समस्याग्रस्त घोषणा गरेको हाम्रो नयाँ कृषि सहकारीमा अहिले आफनो कुनै संलग्नता नभएको बताएका हुन् । “२०७८ सालमा म सो सहकारीको उपाध्यक्ष थिएँ । तर, मेरो कार्ययोजना र सहकारी सञ्चालकसँगका बिचार मेल खान नसके पछि मैले २०७८ साल पुस ११ गते नै राजीनामा दिएको हो,” उनले भने ।

श्रममन्त्री अर्यालले सहकारीमा आफनो २३ लाख रुपैयाँ डुबेको समेत बताए । एक करोड लगानी गर्नका लागि पहिलो किस्ता स्वरुप २३ लाख रुपैयाँ गरेको उनको भनाई थियो । “कोभिड पछि नेपालमा कृषि क्षेत्रको सम्भावना देखेृ, त्यसैले सहकारीमा आबद्ध भएँ । त्यसपछि मैले एक महिना लगाएर सहकारीको वर्तमान अवस्था, गतिविधि र सम्भावनाको अध्ययन गरे । अध्ययन पछि ७० पृष्ठको प्रपोजल बनाएर सञ्चालक समितिमा पेश गरे । मेरो योजना समितिलाई गज्जब लाग्यो । तर, मलाई मेरो योजना अनुसारको नेतृत्व दिन आनाकानी गरियो । त्यसपछि मैले राजीनामा गरे,” उनले भने । तर, सहकारी छोडे पछि पनि आफनो लगानी फिर्ता नभएको उनको भनाई छ ।

यस अगाडी सो सहकारीका उपाध्यक्ष रहेका मन्त्री अर्याल माथि पनि सहकारी ठगि सम्वन्धमा छानविन गरिनु पर्ने भन्दै नेपाली काँग्रेसले संसदमा आवाज उठाएका छ । रास्पाका सभापति समेत रहेका गृहमन्त्री रवि रामिछाने सहकारी ठगिका विषयमा चर्को आलोचना खेपिरहेका छन् । सहकारी ठगिमा उनको संलग्नताका विषयमा छानविन गरिनुपर्ने नेपाली काँग्रेसको माग रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय