आठ महिनामा भित्रियो नौ खर्व बढी रेमिट्यान्स

काठमाडौं, चालु आर्थिक वर्ष २०८० ८१ को ८ महिना (साउनदेखि फागुनसम्म) मा नौ खर्ब ६१ अर्ब रूपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ। गत वर्षको यही अवधिमा सात खर्ब ९४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। रेमिटेन्स भित्रने दरमा २१ प्रतिशतले वृद्धि भएको हो।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याँक अनुसार वितेको आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटेको छ। चालु आवको यो अवधिमा ४ लाख ७१ हजारले यस्तो स्वीकृति लिएका छन्। गत वर्षको आठ महिनामा नयाँ र पुन श्रम स्वीकृति लिनेको संख्या ५ लाख ४४ हजार थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: