काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहत प्रदान गरेको छ । आगलागी पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माणका लागि ५ परिवारलाई २५ बन्डल जस्तापाता प्रदान गरिएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत राहत उपलब्ध गराइएको एनआरएनएले जनाएको छ ।

परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग सुरु गरेको हो । नगर प्रमुख कैलाश कुमार आलेले नगर क्षेत्रमा भएको यो ठुलो विपद्को समयमा एनआरएनएले गरेको सहयोगका लागि धन्यवाद दिए ।

संघका अध्यक्ष डा बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मलम लगाउन पाएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय