काठमाडौं, वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको बरहथवा नगरपालिका–३ का ३० वर्षीय कृष्णकुमार राई, सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ३५ वर्षीय रूपेशकुमार ठाकुर, ललितपुरको चापागाउँका ४६ वर्षीय जीवन तामाङ र बाजुराको हिमाली गाउँपालिका–६ का ३५ वर्षीय पर्वराज पाण्डे रहेका छन् ।

पक्राउ परेका कृष्णले क्यानडा र पोल्याण्ड पठाउने नाममा ३० लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । उनले टप च्वाइस एजुकेशन कन्सलटेन्सीबाट विभिन्न देशमा वर्किङ भिसामा पठाउने भन्दै रकम लिएर ठगी गरेको पीडितको आरोप छ ।

यसैगरी रूपेशले क्यानडा, पोल्याण्ड, माल्टा, क्रोएसिया पठाउने भन्दै २२ जनाबाट ८० लाख रुपैयाँ उठाएर ठगी गरेको आरोप रहेको अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीले बताए । उनले एक महिनासम्म दिल्लीमा राखेरसमेत विदेश नपठाएपछि पीडितहरू प्रहरीकोमा पुगेका थिए । ६ महिनाको खोजीपश्चात रूपेशलाई स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्वराजले जापान पठाइदिन्छु भनेर ६ लाख ठगी गरेको आरोप छ । जीवनले भने न्युजील्याण्ड पठाउने भनेर १ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय