काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिलाई पासपोर्ट (राहदानी) लिन सहयोग गरिदिन राहदानी विभागलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले राहदानीबारे विश्वभरका गैरआवासीय नेपालीले चासो राखेको भन्दै स्पष्ट प्रावधानसहित राहदानी दिने प्रक्रियामा सहजीकरणका लागि विभाग प्रमुख तीर्थ अर्यालको ध्यानाकर्षण गराएको हो। यसअघि पनि संघको विभिन्न चरणमा विभागमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।

जवाफमा प्रमुख अर्यालले एनआरएनको समस्या पहिचान गरि समाधानका लागि यथाशक्य सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
संविधानमा उल्लेखित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नेपाल सरकारले गत अक्टोबरदेखि गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरिसकेको अवस्थामा त्यही नागरिताबाट राहदानी लिने प्रकृया कानुनले स्पष्ट नगर्दा समस्या परेको एनआरएनएले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय