काठमाडौं, युरोपका मुलुकहरु ग्रीस र पोल्याण्ड पठाइदिने नाममा ठगि गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ग्रीस पठाइदिने नाममा ठगेको अभियोगमा दुईजना तथा पोल्याण्ड पठाउने नाममा ठगेको अभियोगमा एकजना पक्राय परेका हुन् ।

ग्रीस पठाइदिने नाममा १२ जना व्यक्तिहरुबाट झण्डै ७० लाख ठगेको अभियोगमा प्रहरीले महोत्तरीको गौशाला नगरपालिका १२ घर भई हाल काठमाडौँ महानगरपालिका ६ बौद्ध बस्ने २३ वर्षीय निशेष कुमार मोक्तान र गोरखा धार्चे गाउँपालिका ५ घर भई हाल काठमाडौँ महानगरपालिका ३ बसुन्धारा बस्ने २० वर्षीया विनीता गुरुङलाई पक्रेको हो । उनीहरु गत मंगलवार पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मोक्तान र गुरुङले ग्रीसमा प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख रुपैयाँ तलव हुने काममा लगाइदिने प्रलोभनमा पारेर पीडितहरूबाट पटक पटक गरी ६९ लाख ३० हजार ठगेको उजुरी छ ।

यसैगरी पोल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगेको अभियोगमा पर्वत फलेवास नगरपालिका २ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका ९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटालाई पनि प्रहरीले मंगलबार नै पक्राउ गरेको हो ।

सापकोटाले एकजना व्यक्तिलाई पोल्याण्डमा प्याकिङ कम्पनीमा मासिक १ लाख रुपैयाँ तलब हुने काममा लगाइदिने प्रलोभनमा पारेर पीडितबाट पटक पटक गरी ५ लाख ठगेको उजुरी छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका ३१ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि प्रहरीले वैदेशिक रोजगार विभाग पठाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय