काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह (जेल) तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएका छन् । गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यांक उपलब्ध गराउन उनले निर्देशन दिए ।

सोमबार वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको बिषयमा सरकार जानकार हुनुपर्ने भन्दै श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका बिषयमा समेत जानकारी गराउन निर्देशन दिए । सबै गन्तब्य मुलुकबाट तथ्यांक संकलन उद्धार तथा समस्या समाधानको योजना बनाईने समेत उनले बताएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ । विदेशी अस्पतालमा उपचाररत श्रमिकका स्थानिय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाईने, बन्दीगृहमा रहेका श्रमिकलाई कानुनी उपचारको लागि आवश्यक सहयोग गर्ने उनको भनाई छ । यसैगरी विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाईने व्यवस्था गरिने उनले बताएका थिए ।

बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमाको सुविधाको बिषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिए । ‘विदेशी मुलकले आप्रवासी श्रमिकलाई बिमाको सुविधा प्रदान गरेका हुन्छन् । तर, सबै नेपाली श्रमिकलाई यस बिषयमा जानकारी नहुन सक्छ । त्यसैले धेरै श्रमिक यो सुविधाबाट बन्चित भएको सुनेको छु । यस्तो सुविधाबाट नेपाली श्रमिकले पाउने अर्बो रुपैयाँ बाँकी रहेको जानकारी पाएको छु,’ उनलाई उधृत गर्दै सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

सोमबार र्न मन्त्री अर्यालले नेपालका श्रम गन्तब्य मुलुक मलेसिया, कतार, साउदी अरब, युएई, बहराईन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सलरसँग श्रमिकको समस्याको बिषयमा भरर्चुल छलफल गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: