काठमाडौं, शरतसिंह भण्डारी श्रम मन्त्री रहँदा मन्त्रालयले गरेका केहि निर्णय अध्ययन गरी राय पेश गर्न सहसचिवको नेतृत्वमा श्रम मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय समितिलाई २१ दिनभित्र राय सुझाव पेश गर्न जिम्मेवारी दिइएको छ ।

भण्डारी श्रम मन्त्री हुँदा पूर्व प्रस्थान अभिमूखीकरण तालिमको शुल्क वृद्धि, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुने निर्णय, दक्षिण कोरियामा ई सेभेन भिसामा समेत श्रमिक पठाउने विषय, युरोपेली देशबाट आउने मागपत्र प्रमाणिकरण लगायतको विषयमा सो समितिले रायसुझाव दिनेछ ।

मन्त्रालयका प्रवक्ता गोविन्द प्रसाद रिजालले प्रेस विज्ञप्ती जारी गर्दै उनी नेतृत्वको समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले श्रम मन्त्रालय लक्षित भइ यसअगाडी दिएको निर्देशन अनुरुप मन्त्रालयले यस अगाडी गरेका निर्णय र प्रस्तावहरुको अध्ययन हुने जनाएका हुन् । समितिबाट प्रतिवेदन प्राप्त भएपछि यस अगाडी गरिएका निर्णयहरुको समीक्षा गरी थप निर्णय गरी कार्यान्वयनमा लगिने जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: