काठमाडौं, कुवेतमा रोजगारीमा लगाइदिने नाममा एक महिलालाई श्रीलंका पुर्याएर बन्धक बनाएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासी प्रतापपुरका मुर्तुजा मियाँ रहेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकी ति महिलालाई मासिक २० देखि २२ हजार कमाई हुने काममा पठाइदिने प्रलोभनमा मियाँले भारतको नयाँदिल्ली हुँदै श्रीलंका पुर्याएको पिडितको भनाई छ ।

उनले भारतमा श्रीलंका जानुको कारण श्रीलंकाको कोलम्बोमा रहेको बुद्धको दर्शन गर्न जान लागेको बताउन सिकाएका थिए । कोलम्बोमा पुगेपछि श्रीलंकन मुलको एजेण्टले ति महिलालाई अन्य ६८ जना महिलासँगै बन्धक अवस्थामा राखेका थिए ।

एजेण्टले भनेअनुसार नगरे शारिरीक, मानसिक यातना दिने, कुटपीट गर्ने गरेको प्रहरीमा उजुरी दिएकी ति महिलाले बताएकी छन् । उनी उद्धार पश्चात नेपाल फर्केपछि प्रहरीमा दिएको जाहेरी पश्चात मानव बेचविखन अनुसन्धान व्यूरोले मियाँलाई पक्राउ गरेको हो । सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय