काठमाडौं, श्रम मन्त्रालयको जिम्मेवारी डोलप्रसाद (डीपि) अर्यालले पाउने भएका छन् । उनले विना विभागिय मन्त्रीका रुपमा सपथ लिइसकेका छन् । गठबन्धन दलबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै अर्याललाई रास्वपाले श्रम मन्त्रालयको जिम्मेवारीमा पठाउने भएको हो । उनी २०७९ माघमा पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री रहेको मन्त्रिपरिषदमा श्रम मन्त्री नै भएका थिए ।  २० दिन मन्त्रीका रुपमा काम गरेका उनी रवि लामिछाने दोहोरो नागरिकता र राहदानीको मुद्धामा गृहमन्त्रीबाट बाहिरिएसँगै मन्त्रीबाट बाहिरिएका थिए ।

जापान बसेर रेमिट कम्पनी सञ्चालन गरेका उनी रास्वपाका उपसभापति हुन् । रवि लामिछानेको नागरिकता मुद्धामा सर्वोच्चले फैसला गर्नु अगाडी दुई दिनका लागि उनी रास्वपाको कार्यवाहक अध्यक्ष समेत भएका थिए । रवि लामिछानेको भरपर्दा व्यक्ति अर्याल आफूलाई वैदेशिक रोजगार सम्वन्धि विज्ञ भन्न रुचाउँछन् । धादिङको ज्वालामुखी गाउँपालिकाका स्थायी बासिन्दा उनी समानुपातिक तर्फबाट साँसद भएका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय