सत्तामा नयाँ गठबन्धन: तीनजना मन्त्रीले लिए शपथ

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली काँग्रेस लगायतका दलहरुसँगको गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले नयाँ समीकरण बनाउँदै ४ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् ।

सोमवार बनाइएका मन्त्रीपरिषदमा नेकपा एमालेका पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल मन्त्री नियुक्त भएका छन् । उनीलाई सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ गराइएको छ । उनीहरुको मन्त्रालय भनें तोकिएको छैन । बहालवाला सबै मन्त्री बर्खास्त गर्दै सबै मन्त्रालयको जिम्मा हालका लागि प्रधानमन्त्री दाहाल आफैले लिएका छन् ।

सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो । त्यसपछि प्रधानमन्त्री दाहालले बहालवाला सबै मन्त्री बर्खास्त गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय