काठमाडौ, मलेसियामा रोजगारीका लागि पुगेका नेपालीको संख्या ३ लाख ६७ हजार ४ सय ९८ रहेको छ । वैधानिक रुपमा रहेर काम गर्ने नेपाली मलेसियामा तेश्रो ठूलो संख्या रहेको मलेसिया सरकारले जनाएको हो । मलेसियामा हाल २१ लख २३ हजार वैधानिक रुपमा कार्यरत विदेशी श्रमिक छन् ।

मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामाका अनुसार मलेसियामा सबैभन्दा धेरै विदेशी नागरिक बंगलादेशका रहेका छन् । गत फेब्रुअरीमा त्यहाँ ७ लाख ८६ हजार भन्दा धेरै बंगलादेशी नागरिक कार्यरत थिए । दोश्रोमा ईण्डोनेशियाली नागरिकहरु रहेका छन् । तेश्रो संख्या नेपालीको रहेको छ भनें चौथोमा म्यानमार तथा पाँचौं भारतीयहरुको रहेको छ ।

कुनै समयमा मलेसियामा नेपालीको संख्या ६ लाखको हाराहारी थियो । श्रमिकको लागत शुल्क सम्वन्धी विवाद र कोभिडका कारण धेरै बर्ष नेपाली श्रमिक मलेसिया जान रोकिएका थिए । पछिल्लो समयमा नेपाली श्रमिक मलेसिया जान थालेपनि हाल मलेसियामा विदेशी श्रमिक लिन त्यहाँको सरकारले निरुत्साहित गर्ने प्रयास गर्दै आएको छ । स्थानीय नागरिकलाई नै रोजगारीमा संलग्न गराउन त्यहाँको सरकारले रोजगारदाताहरुसँग पटक पटक आग्रह गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय