स्वदेशमा रोजगारी सिर्जना गर्न वातावरण बनाउन जरुरी

ललितपुर — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमै उच्च तलब दिने रोजगारी सिर्जना गर्नका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका छन् । पाल इञ्जिनियर्स एसोसियसन, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजना र के एण्ड ए इञ्जिनियरिङ कन्सल्टिङको समन्वयमा आयोजित ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषयक अन्तरक्रियामा बोल्दै थापाले धेरै तलब दिने रोजगारीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरु रोजगारी आफैं सिर्जना गर्ने थापाको भनाइ थियो ।

उनले नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा के एण्ड के इन्जिनियरिङका अध्यक्ष पूर्ण खरेलले नेपालमा इञ्जिनियरहरुको प्रशस्तै सम्भावना रहेको बताए । उनले आफ्नै संस्थामा नेपालमा डेढ सय इलेक्ट्रिकल इन्जिनियरले काम गरिररहेको भन्दै अबको ३ वर्षमा ६ सय इञ्जिनियरका लागि रोजगारी सिर्जना गर्ने बताए ।

नेपाल इन्जिनियर्स एसोसिएनका महासचिव रविभूषण झाले विदेशको काम ल्याएर नेपालमा रोजगारी दिइरहेका कम्पनीहरुलाई सरकारले सहुलियत दिनुपर्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय