अमेरिकाले डिपोर्ट गर्यो ८ नेपालीलाई

काठमाडौं, अवैध बाटो हुँदै अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीवार काठमाडौं फिर्ता पठाएको छ’, उनले भने, ‘हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए । आज फेरि उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका छौं । उनीहरू के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौं ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय