काठमाडौं, वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा बाग्लुङको बडिगाड गाउँपालिका ९ घर भई हाल काठमाडौंको बागबजार बस्ने वर्ष ३६ को पाण्डप भन्ने युद्धबहादुर केसी रहेका छन्।

केसीले शारदा सुवेदीसमेत ३ जनालाई वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति २६ लाख रुपैयाँ लाग्छ, युके पुगेपछि केयर गिभर काम लगाइदिन्छु, मासिक १० लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको आरोप छ।

पीडितहरूबाट पटक पटक गरी ७६ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन ९ गते बागबजारबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: