काठमाडौं, गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय भवन जफत हुने भएको छ। ललिता निवासको १९ रोपनी भन्दा धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा विशेष अदालतले गरेको फैसलाअनुसार एनआरएनएको कार्यालय रहेको जग्गा पनि जफत हुनेमा परेको हो ।

बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले बिहीबार सुनाएको फैसलामा बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने उल्लेख छ। सोही अनुरुप एनआरएनएको भवन पनि जफत हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार बर्ष अगाडी दायर गरेको मुद्धामा विशेष अदालतले विहिवार फैसला सुनाउँदै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ दिएको छ ।

तर पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त भने दोषी ठहर भएका छन् । ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाइ २०७६ माघ २२ गते अख्तियारले विशेष अदालतमा अभियोग दायर गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: