काठमाडौ, प्रहरीले एक लाख ४९ हजार साउदी रियाल र १० हजार युएइ दिराम सहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरुले सो मुद्रा लुकाइछिपाई विदेश लैजान लाग्दा प्रहरीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानबाट सोमबार दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोककी १९ वर्षिय सुस्मिता गोले र ३४ वर्षिय माईला स्याङ्बोलाई प्रहरीले पक्राउ गरेको हो । गोलेले बोकेको झोला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा सुरक्षा चेकजाँच गर्ने क्रममा सो रकम भेटिएको थियो ।

उनलाई सोधपुछका क्रममा सो मुद्रा स्याङ्बोले दिएको बताएपछि प्रहरीले स्याङ्बोलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गेट बाहिरबाट नियन्त्रणमा लिएको थियो । स्याङ्बोले उल्लेखित मुद्राहरु आफूले नै सुस्मिता गोलेलाई दिएको भनी खुलाएपछि उनीहरुलाई अनुसन्धान एवं कानूनी कारबाहीको प्रहरीले राजश्व अनुसन्धान विभागलाई जिम्मा लगाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: