काठमाडौं, काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा आइतबार काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन केहि दिनयता जारी छ ।

स्वरोजगार व्यवसायीहरुे महानगरपालिकाले वार्ताको नाटक पनि गर्ने तर एकपक्षिय रुपमा वार्ता भंग गरेको आरोप लगाएका छन् । व्यवसायीहरुले उपयुक्त ठाउँमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाले फुटपाथ तथा सार्वजनिक क्षेत्रमा व्यापार गर्न नदिने निति अपनाएको छ । सार्वजनिक स्थलमा व्यापार गरेको भेटेमा सामान जफत गर्दै आएको छ । यसले स्वरोजगार व्यवसायीहरु मारमा परेको भन्दै स्वरोजगार व्यवसायीका संस्थाहरु आन्दोलनमा उत्रिंदै आएका छन् ।

फाइल तस्वीर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: