काठमाडौं, सदनको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले विश्वास जगाउन नसक्दा युवाहरू विदेश गइरहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै गिरीले वर्तमान सरकारले जनतामा विश्वास जगाउन नसकेको बताए ।

सदनमा बोल्दै एमालेका प्रमुख सचेतक रहेका गिरीले नेपाली युवाले वर्तमान सरकारलाई भर गर्न नसकेको तर्क गरे । उनले युवाहरू देशमा नबस्ने अवस्था आउनुमा वर्तमान सरकार नै दोषि रहेको बताए । युवाले मुलुकमा भविष्य नदेखेको, आशा गर्ने ठाउँ नभएको गिरीले त्यसैले युवाहरू देश छोडेर विदेश भागिरहेको धारणा राखे ।

उनले रुख सुकेपछि त्यो रुखमा आश्रित चराहरु रुख छोडेर अर्को हरियो रुखमा गएजस्तै नेपाली युवा पनि मुलुकमा भविष्य नदेखेर अरु देशतिर पलायन भइरहेको तर्क गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय