काठमाडौं, चालु आर्थिक बर्षको वितेको छ महिनामा सात खर्ब ३३ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार छ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको हो ।

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह पनि २२.६० प्रतिशतले बढेर पाँच अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । पछिल्ला केहि बर्षयता रेमिट्यान्स आउने दरमा निरन्तर वृद्धि देखिएको छ ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख सात हजार ९७० जना रहेको छ । त्यसै गरी वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ३५ हजार ४३५ जना रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा दुई लाख ७५ हजार ६४३ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय