काठमाडौं, मलेसियामा प्रहरीले अनलाइन जुवा खेलाएको अभियोगमा चारजना नेपालीलाई पक्रेको छ । तान्जुङ तोकोङ्बाट पक्राउ परेका उनीहरुले मासिक १५ देखि २० हजार रिंगिट बरावरको जुवा खेलाउने गरेको प्रहरीको भनाई छ ।

मलेसियाको सरकारी सञ्चार माध्यम बर्नमाका अनुसार एक अपार्टमेण्टबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रारम्भीक अनुसन्धानमा ति चार नेपालीहरुले अनलाइन जुवा खेलाउनेहरुका लागि काम गर्ने गरेको देखिएको छ । उनीहरुको अपार्टमेण्टबाट तीनवटा ल्यापटप, एउटा मोडेमm १० वटा मोवाइल फोन लगायतका सामान बरामद गरिएको छ । सो अपार्टमेण्ट पछिल्लो तीन महिनादेखि भाडामा लिइएको थियो ।

उनीहरुले मुख्यगरी नेपालीलाई नै लक्षित गरेर अनलाइन जुवा खेलाउने गरेको प्रहरीको भनाई छ । पक्राउ परेकाहरु विभिन्न कामको अनुमतिमा मलेसिया पुगेका थिए । उनीहरुले मासिक १५ यस देखि २ हजार रिंगिट तलव प्राप्त गर्ने गरेका थिए । प्रहरीले उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय