काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई काम गर्नबाट रोक्नुपर्ने माग गरिएको रिटमा उच्च अदालत, पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उच्च अदालतको आइतबारको यो आदेशसँगै अब अर्को निर्णय नभएसम्म डा. बद्री केसी नेतृत्वको कार्यसमितिले नै निरन्तर काम गर्न पाउने भएको छ।

जर्मनीको ह्याम्बर्गमा बस्ने दीपेश खत्रीले चुनावमा धाँधली भएकाले डा. केसी नेतृत्वको समितिलाई काम गर्नबाट रोक्न माग गर्दै माघ २ गते रिट दायर गरेका थिए।

न्यायाधीशद्वय शालिग्राम कोइराला र चन्द्रमणि ज्ञवालीको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
यसअघि खत्रीले नै चुनाव रोक्नका लागि दायर गरेको रिट पाटन उच्च अदालतले खारेज गरिसकेको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय