काठमाडौं, वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिने बहानामा ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको महाराजगन्ज बस्ने ५३ बर्षिय पृथ्वीराज सिग्देल रहेका छन् ।

उनले मनिराम तिमल्सिना लगायतलाई रोजगारीको लागि मकाउ पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ, मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डको काम लगाइदिन्छु, मासिक १ लाख ८० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीको भनाई छ।

पीडितहरूबाट पटक पटक गरी २ लाख ७० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका सिग्देललाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १२ गते दरबारमार्गबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: