काठमाडौ, वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका ४१ वटा स्वास्थ्य संस्थाहरुलाई श्रम मन्त्रालयले कारबाही गरेको छ । ति स्वास्थ्य संस्थाहरुले मापदण्ड अनुसार काम नगरेपछि कारवाहीमा परेका हुन् ।

कारवाहीमा परेका संस्थाहरुमा काठमाडौंका अरुण मेडिकल सेन्टर, बुद्ध इन्टरनेशनल मेडिकल सेन्टर, ईवन मेडिकल सेन्टर, वल्ड वाईड मेडिकल सेन्टर, हिमाल इन्टरनेशनल मेडिकल सेन्टर, युनिकन मेडिकल सेन्टर, युनिकन हेल्थ कियर सेन्टर, ओष्कार मेडिकल सेन्टर, ट्यालेन्ट मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर रहेका छन् ।

यसैगरी काठमाडौंकै सान हेल्थ केयर सेन्टर, सुनगाभा पोलिक्लिनीक, एसियन प्लस मेडिकल सेन्टर, भानु मेमोरियल पोलिक्लिनीक एण्ड डाइग्नोष्टिक सेन्टर, जलविनायक मेडिकल सेन्टर, फ्रेण्डसीप हेल्थकियर सेन्टर, युनाइटेट डाइग्नोष्टिक सेन्टर, श्रीकुन्ता पोलिक्लिनीक एण्ड हेल्थकियर सेन्टर, पिके डाइग्नोष्टिक सेन्टर, अकवर मेडिकल, पुजा मेडिकल डाइग्नोष्टिक सेन्टर, फ्युजन स्वास्थ्य क्लिनीक, सिटीटप मेडिकल सेन्टर, मेरापिक मेडिकल सेन्टर, आर्शिवाद स्वास्थ्य सेवा क्लिनीक, सिद्धकाली मेडिकल सेन्टर, छाब्दी बाराही मेडिकल सेन्टर रहेका छन् । वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण लगायतका काम गर्ने संघसंस्थाहरु काठमाडौं केन्द्रीत नै छन् ।

श्रम मन्त्रालयले ललितपुरस्थित प्याराडाइज इन्टरनेसल मेडिकल सेन्टरका साथै झापाका मंगलदीप मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर र ओम मेडिकल डाइग्नोष्टिक सेण्टर, धनुषाको जीवनदीप मेडिकल एण्ड पोलिक्लिनीक सेन्टर, रिलिफ मेडिकेयर सेन्टर र माँ जानकी इन्टरनेशनल मेडिकल सेन्टरलाई पनि कारबाही गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुगमनका क्रममा ति स्वास्थ्य संस्थाहरुले श्रमिकको स्वास्थ्य परीक्षण गर्न अपनाउनुपर्ने मापदण्ड पूरा नगरेको भेटिएको जनाएको छ । ती स्वास्थ्य संस्थाहरुको कारोबारलाई अर्को व्यवस्था नभएसम्म वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीबाट हटाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । अब ती स्वास्थ्य संस्थाहरुले गरेको स्वास्थ्य परीक्षणले बैधता पाउने छैन ।

वैदेशिक रोजगार ऐनअनुसार सूचीकृत स्वास्थ्य संस्थाले श्रमिकको स्वास्थ्य रिपोर्टलाई अनलाइनमार्फत विभागको सूचना प्रणालीमा पठाएपपछि मात्रै श्रमस्वीकृति दिने व्यवस्था छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: