काठमाडौं, सरकारले भिजिट भिसामा विदेश जाँदा आवश्यक पर्ने मापदण्डमा फेरवदल गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरण गर्न भन्दै यस अगाडी गुह मन्त्रालयले जारी गरेको व्यवस्था खारेज गर्दै नयाँ कार्यविधि जारी गरिएको हो ।

१० माघदेखि लागू हुने गरी अध्यागमन विभागले भिजिट भिसामा जाँदा दुईतर्फी (जाने र आउने) हवाई टिकट साथमा हुनुपर्नेछ । भ्रमण अवधिभरका लागि होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्नेछ ।

भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट वा क्रेडिट कार्ड) पनि अनिवार्य गरिएको छ ।

संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्व:घोषणा फारम भर्नुपर्ने छ ।

यात्रामा जाने व्यक्तिको राहदानीको म्याद कम्तीमा ६ महिनाको वैध अवधि बाँकी रहेको हुनुपर्नेछ । सम्बन्धित देशको भिसा चाहिने र अन एराइभन भिसा पाइने मुलुकको हकमा त्यस्तो भिसा नचाहिने अध्यागमन विभागले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: