काठमाडौं, मलेसियाले सन् २०२४ सुरु भएयता अवैधानिक रुपमा बस्दै आएकाहरुको खोजविन र पक्राउ तिव्र बनाएको छ । सो क्रममा १८ दिन भित्रै ४ हजार २६ जनालाई पक्राउ गरिएको त्हाँको अध्यागमन कार्यालयलाई उधृत गर्दै मलेसियाको सरकारी सञ्चार माध्यम बर्नमाले जनाएको छ ।

समाचारमा जनाइए अनुसार शुक्रवार राती मात्रै ६५ जना नेपाली सहित ७ सय ५२ जना पक्राउ परेका छन् । यसैगरी अवैधानिक रुपमा बस्दै आएका ४२ जना रोजगारदातालाई पनि मलेसियाले १८ दिन भित्रमा पक्राउ गरेको छ । पक्राउ परेको रोजगारदाताहरुलाई आप्रवासी श्रमिकको तस्करीको अभियोगमा कारवाही गरिने चेतावनी प्रहरीले दिएको समाचारमा जनाइएको छ ।

पक्राउ परेका मधये १ हजार ४ सय ९७ जनालाई अध्यागमन विभागले स्वदेश फिर्ता गरेको र अन्यलाई कानुनी कारवाहीको क्रममा रहेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: