साउदीको एक कम्पनीले ८ जना नेपालीलाई बोलायो बाँकी रहेको तलव र सुविधाको १९ लाख लिन

काठमाडौं, कोभिड १९ को महामारीकोे समयमा साउदी अरवबाट स्वदेश फर्केका ८ जना नेपालीलाई उनीहरुको बाँकी तलब लिन साउदीको एक कम्पनीले बोलाएको छ । साउदी अरेबियाको साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनीमा काम गर्दै आएका तर, कोभिड महामारीमा घर फर्केका ति ८ जना नेपालीलाई त्यो बेला काम गरेको तलब लिन सो कम्पनीले बोलाएको हो । त्यसका लागि कम्पनीले साउदीस्थित नेपाली राजदूतावासलाई पत्राचार गरेको छ ।

महामारीको समयमा स्वदेश फर्केर पुन: कम्पनीमा कामका लागि आउन नसकेका उनीहरुलाई कम्पनीले दिनुपर्ने तलब सुविधा (सर्भिस बेनिफिट) भुक्तानीको लागि उनीहरूलाई सम्पर्क गर्न प्रयास गरेको तर, नसकेको जानकारी कम्पनीले दूतावासलाई गराएको थियो । सोही आधारमा दूतावासले ति ८ जनालाई कम्पनीमा सम्पर्क गरी वा कम्पनीको इमेल ठेगानामा आफ्नो जानकारी दिन अनुरोध गरेको हो ।

त्यसरी कम्पनीले बोलाएकाहरुमा सिराहका सञ्जय कुमार यादव र बुधन मुखीया मलाह, सुरेश कुमार साह, नवलपरासीका बाबुराम केवट, खोटाङका प्रकाश गिरी, उदयपुरका देब बहादुर राना मगर र तेह्रथुमका भिमप्रदास दाहाल छन् । उनीहरूले उक्त कम्पनीबाट ५४ हजार ३१६ साउदी रियल तलब सुविधा पाउन बाँकी देखिएको छ । सो भनेको १९ लाख २६ हजार रूपैयाँ भन्दा बढी हुन आउँछ ।

यसअघि साउदीकै टाट पल्टिएको अर्को कम्पनीले समेत ५५ जना नेपालीलाई काम गरेको बाँकी तलब लिन बोलाएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: