काठमाडौ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उपरीक्षक केसीका अनुसार पक्राउ परेका थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि ७ लाख ३० हजार लाग्ने तथा रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक १ लाख तलव हुने काम लगाइदिने भन्दै पीडितबाट पटक–पटक गरी ७ लाख ३० हजार रकम लिई सम्पर्कविहीन भएका थिए । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीको लागि विहिवार नै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक केसीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: