इपिएसको परीक्षा केहि ढिलो हुने

काठमाडौं, रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षामा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयारी गरिएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एचआरडी कोरियाका अधिकारीहरूसँगको छलफलको क्रममा २० जनवरी (माघ ६ गते) देखि परीक्षा गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए । तर, आवेदन फारम भर्ने र आवेदकहरूको परीक्षा सम्बन्धी रेकर्ड राख्ने अनलाइन सिस्टमका कारण परीक्षा केही ढिलाइ हुने महानिर्देशक घिमिरेले बताए ।

यसअघि हजारको संख्यामा आवेदन पर्दै आएको थियो । तर, यो पटक भनेको लाखको संख्यामा आवेदन परेपछि अनलाइन सिस्टम नै अपग्रेड गर्नुपरेको छ । यहि कारण परीक्षा तोकिएको समयमा हुन नसक्ने अवस्था आएको हो ।

ईपीएस भाषा परीक्षा तीन चरणमा हुनेछ । एचआरडी कोरियाले भाषा परीक्षा तीन चरणमा गर्ने गरी तयारी गरेको हो । ठूलो संख्यामा आवेदन परेकाले तीन चरणमा परीक्षा सञ्चालन गर्नेगरी एचआरडी कोरियाले तयारी गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: