काठमाडौं, चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्समार्फत मुलुकमा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.६ प्रतिशतले बढि हो ।

नेपाल राष्ट्र बैंकको पाँच महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनका अनुसार गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । ‘अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ ।’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।’

चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ लाख ३६ हजार ७ सय ७९ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख १५ हजार ९ सय ४८ जनाले पुन: श्रम स्वीकृति लिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: