क्वालालम्पुर, मलेसियाको सोसल प्रोटेक्सन क्न्ट्रीव्यूटर एडभाइजरी एशोसिएसन (स्पाकाम) ले विदेशी श्रमिकलाई मानविय व्यवहार भए/नभएको विषयमा जानकार रहन रोजगारदाताको अडिट गरिनुपर्ने प्रस्ताव गरेको छ ।

स्पाकामका अन्तराष्ट्रिय श्रम सल्लाहकार डि एन्जोलसले विदेशी श्रमिकलाई उचित व्यवहार नगर्ने रोजगारदाताहरुलाई कानुन अनुसार कारवाही गरिनुपर्ने बताएका हुन् । विदेशी श्रमिकमाथि शोषण हुनुको अर्थ स्थानीय श्रमिकमाथि पनि शोषण गर्ने बाटो खुल्ला रहेको उनको भनाई छ । विदेशी श्रमिकलाई शोषण गर्न खुल्ला छोडिदिंदा त्यसले कार्यस्थलको वातावरण ठिक नहुने र यसले मुलुकको छवि धुमिल हुने पनि उनले बताएका छन् ।

मलेमेलका अनुसार स्पाकामले विदेशी श्रमिकलाई पनि ट्रेड यूनियनमा आवद्ध हुने अधिकार दिइनुपर्ने पनि बताएको छ । सो संस्थाले पछिल्लो केहि दशकयता नै मलेसियामा विदेशी श्रमिकमाथि शोषण हुँदै आएको भन्दै यसमा तत्काल सुधारको खाँचो औल्याएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: