क्वालालम्पुर, मलेसियामा अवैधानिक रुमपा बस्दै आएको अभियोगमा १३ जना नेपाली सहित २ सय ३८ जना पक्राउ परेका छन् । अध्यागमन विभागको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

कोटा बारुमा गरिएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेको मलेसियाको सरकारी सञ्चार माध्यम बर्नमाले जनाएको छ । पक्राउ पर्नेहरुमा १३ नेपाली बाहेक १२२ म्यानमारका नागरिक रहेका छन् भनें ७६ जना बंगलादेशका रहेका छन् । यस बाहेक ईण्डोनेशिया, भारत लगायतका रहेका छन् ।

पक्राउ पर्नेहरुसँग लामो समयदेखि मलेसियामा बस्दै आएपनि भिसा नभएको, अनधिकृत रुपमा बस्दै आएको पाइएको समाचारमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: