काठमाडौ, कोरियाली भाषा परीक्षाको विषयमा उत्पन्न विवादका कारण दुईजनाको ज्यान गएपछि परीक्षा प्रणालीमा सुधारका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतसँग छलफल गरेको छ । मंगलबार बिहान मन्त्रालयमा भएको छलफलमा विवाद समाधानका लागि एउटा प्राविधिक समिति बनाउने सहमति भएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार दुवै पक्ष सम्मिलित प्राविधिक समितिमार्फत समस्या समाधान गर्ने सहमति भएको हो ।

छलफलमा कोरियाली राजदूत एच.ई. तेयोङले ईपीएस विवादमा सञ्चार माध्यममा आएका विषयहरूमा ध्यानाकर्षण भएको बताएका थिए ।

गत शुक्रवार बालकुमारीमा भएको प्रदर्शनमा दुई युवाको ज्यान गएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: