बालकुमारी घटनाका विषयमा मृतक परिवार र सरकारबीच चार बुँदे सहमति

काठमाडौ, दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाकाका मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति भएको छ । सोमवार दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भयो ।

सहमति अनुसार मृतकका परिवारका एक एकजनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउन सरकार सहमत भएको छ । यसैगरी सो घटनामा परेर ज्यान गुमाएका वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने भएको छ । सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकका परिवारले सोमबारै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने पनि दुई पक्षबीच सहमति भएको हो ।

सहमति पत्रमा मृतकका तर्फबाट शाहका बुवा टेकबहादुर शाह र राउतका मामा टेकबहादुर कटुवालले तथा सरकारको तर्फबाट गृहमन्त्रालयमा उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: