
काठमाडौ, दुईजनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनाको अनुसन्धानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ ।
सोमबार विहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।
घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर तोकिएको पनि मन्त्री शर्माले जानकारी दिइन् ।