बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग बन्ने

काठमाडौँ, ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका बारेमा न्यायिक छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकार सहमत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय गर्ने भन्दै जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा ९२० बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्‍त्रालयलाई निर्देशनसमेत दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालले आयोग गठनका लागि प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए । कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबाट बालकुमारीमा धरपकड हुँदा दुई युवाको ज्यान गएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: