काठमाडौं, साउदी अरेवियास्थित नेपाली दूतावासले मोहम्मद अल मोजिल ग्रुप कम्पनीमा काम गरे वापत तलव पाउन बाँकी रहेकाहरुलाई रकम प्राप्तिका लागि तत्काल विवरण उपलव्ध गराउन आग्रह गरेको छ । दुतावासले एक सुचना जारी गर्दै सो कम्पनी टाट पल्टिएपछि त्यसको भुक्तानीमा सहजीकरणका लागि व्याँकरप्टी ट्रष्टी अल मोजिल ग्रुप कम्पनीबाट दूतावासलाई अनुरोध आएको जनाएको हो ।

सो कम्पनीबाट तलव भुक्तानी लिन बाँकी रहेका कोहि भएमा यसका बारेमा जानकारी गराईदिन पनि दूतावासले जनाएको छ ।

रकम भुक्तानी लिन बाँकी रहेकाहरुले फर्म भर्नुपर्ने लिंक दूतावासको सुचनामा उल्लेख छ । हेर्नुहोस् दूतावासको सुचना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: