काँग्रेसले भन्यो: बालकुमारी घटनाको उच्चस्तरीय छानबिन गर

काठमाडौं, नेपाली कांग्रेसले ललितपुरको बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरीय छानबिन समिति गठनको निर्णय गरिएको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

गएको शुक्रवार बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ । तर कांग्रेसले न्यायिक आयोग गठनको माग गरेको छ ।

कांग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको नि:शुल्क उपचारको माग पनि गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: