काठमाडौं, अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले कतारमा गरेको अध्ययनले ९९ प्रतिशत नेपाली श्रमिक भर्ना शुल्क तिरेर काम गर्न पुगेको देखिएको छ । कतारमा काम गरिरहेका ३४५ जनासँग गरिएको कुराकानीमा आधारित सो अध्ययनले ४९ प्रतिशत नेपाली श्रमिकको पासपोर्ट रोजगारदाताले नै राखेको पनि देखिएको छ ।

आइटीयूसीले सार्वजनिक गरेको सो रीपोर्ट अनुसार केवल एक प्रतिशतले मात्र आफूले रोजगारी प्राप्त गर्न कुनै शुल्क तिर्नु नपरेको बताएका थिए । यसैगरी कतारमा कार्यरत उनीहरु मध्ये ४९ प्रतिशतको राहदानी (पासपोर्ट) रोजगारदाताले राखेको पाइएको छ । कतारले श्रमिकको पासपोर्ट रोजगारदाताले राख्न नपाउने कानुनी प्रत्याभूति गरेको छ । त्यसविपरित रोजगारदाताहरुले पोसपोर्ट राखेको देखिएको हो ।

सो अध्ययन अनुसार ४८ प्रतिशत व्यक्तिले रोजगारीका बारेमा एजेण्ट मार्फत जानकारी पाएको बताएका थिए । नेपाल सरकारले केहि नेपाल ऐन संशोधन, २०७५ मार्फत वैदेशिक रोजगार ऐनमा भएको एजेण्ट सम्वन्धि व्यवस्था हटाईसकेको छ । तर अभ्यासमा भनें उनीहरु माथि नै श्रमिकहरु भर पर्ने गरेको देखिएको हो । यसैगरी ३४५ जना मध्ये २२ प्रतिशतले आफन्त मार्फत तथा २१ प्रतिशतले साथि मार्फत कतारको रोजगारीका बारेमा जानकारी पाएको बताएका थिए । केवल एक प्रतिशतले मात्र आफूले सिधै मेनपावर कम्पनीबाट रोजगारीका बारेमा जानकारी पाएको बताएका थिए ।

अध्ययनमा श्रमिकहरु पुन: आफूले सेवा लिएकै मेनपावर कम्पनीको सेवा लिन ईच्छुक छन् वा छैनन् भन्ने प्रश्न सोधिएको थियो । सो प्रश्नमा ७२ प्रतिशत नेपाली श्रमिकले आफूले पुन: त्यहि मेनपावार कम्पनीको सेवा नलिने बताएका थिए । यसैगरी ८६ प्रतिशतले पुन: आफू सोही रोजगारदातासँग का मगर्न अनिच्छुक रहेको बताए । तर ८८ प्रतिशत व्यक्ति पुन: रोजगारीक लागि कतार आउन चाहेको देखिएको छ ।

नेपालसँगै बंगलादेशी र श्रीलंकाका श्रमिकहरुका बारेमा पनि अध्ययन गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: