काठमाडौं, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजागारीमा गएकाहरुबाट मुलुकमा हरेक बर्ष भित्रिनु पर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको तर्क गरेको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले यस्तो धारणा सार्वजनिक गरेको हो ।

आर्थिक बर्ष २०७७-०७८ मा १ लाख ६६ हजार ६९८ जना श्रमिक विदेशिँदा नेपाल भित्रिएको रेमिट्यान्सको तुलनामा हाल भित्रिएको रेमिट्यान्स निक्कै कम रहेको जिफन्टको तर्क छ । आर्थिक बर्ष २०७९-८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली विदेशिंदा तुलनात्मक रुपमा ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स भित्रिनु पर्नेमा ३८ अर्बको हाराहारीमा रेमिट्यान्स हराएको जिफन्टको दावी हो ।

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको संख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भइ कुल ५० खर्ब भन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए । उनले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको बताए । उनले भने ‘श्रमिकहरु अझै पनि विदेशिने क्रम बढ्दो छ । त्यो भित्र दक्ष श्रमिकहरुको संख्या बढ्दो छ । यो नयाँ ट्रेण्ड हो ।

जिफन्टले आर्थिक वर्ष २०७७-०७८ को तुलनामा २०७८-०७९ मा २७७ प्रतिशत र २०७९ ०८० मा ३ सय प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताएको छ । आर्थिक बर्ष २०७७ ०७८ मा ४२.२४ प्रतिशत र आर्थिक बर्ष २०७८-०७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९-०८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको जिफन्टको फ्याक्ट सिटमा उल्लेख छ ।
जिफन्टले १८ डिसेम्वरको अवसरमा प्रवासमा रहेका नेपाली श्रमिकसँग भर्चुअल माध्यमबाट अन्तरकृया पनि गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: