काठमाडौं, नेपाल ट्रेड युनियन काँग्रेसले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटोको विषयमा डबली बहस गरेको छ । युनियनले विभिन्न सरोकारवालाहरुसँग सोमबार विहान जावलाखेल डबलीमा वहस आयोजना गरेको थियो ।

बहस कार्यक्रममा प्रतिनिधिसभा सदस्य रमा पौडेलले वैदेशिक रोजगारीले आर्थिक अवस्था सुधार देखि धेरै राम्रा काम गरे पनि नेपाली समाजले ठुलो सामाजिक मुल्य चुकाईरहेको बताइन् । उनले भनिन्, “वैदेशिक रोजगारीले रोमिट्यान्स आएको, सीप सिकेर आएको तर समस्याहरु पनि सिर्जना गराएको छ ।” वैदेशिक रोजगारीमा जाने युवाहरुलाई तत्काल रोक्न नसकिने भएकोले सुरक्षित एवं मर्यादित आप्रवासनमा सम्बन्धित निकायको ध्यान जानु पर्ने उनको भनाई थियो ।

सो अवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतीले वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा गएका श्रमिकलाई समस्या पर्दा समस्या हल गर्न सकेपनि गैरकानुनी बाटोबाट जाने श्रमिकहरुको सहयोग र उद्धार गर्न समस्या परेको धारणा राखे । उनले विभिन्न सञ्चार माध्यममा वोर्डप्रति नकारात्मक टिप्पणीहरु आए पनि सदैव श्रमिक र श्रमिकका परिवारको हितमा काम गर्दै आएको तर्क गरे । बोर्डले युवा पुस्तालाई विदेश जानु अगाडि सुरक्षित आप्रवासनबारे अभिमुखिकरण तालिम, विदेशमा समस्या पर्दा उद्धार, मृत्यु भएमा अन्तिम संस्कारसम्मका सहयोग गर्दै आइरहेको बताए ।

यसैगरी नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले युवाहरुलाई विदेशमा भन्दा स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे । वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको भन्दै उनले युवालाई सधै प्रवासी मात्र बनाउन नहुने तर्क राखे । कुँवरले वैदेशिक रोजगार बोर्डमा श्रमिकहरुबाट उठाइएको पैसाको कल्याणकारी कोषको समेत दुरुपयोग भईरहेकोप्रति खवरदारी गर्दै कोषलाई श्रमिकको हितमा मात्र प्रयोग गर्नुपर्ने बताए । ट्रेड युनियन काँग्रेसले आप्रवासी श्रमिकहरुको हकहितको लागि विदेशमा सर्पोट गूप निर्माण गरेको उल्लेख गर्दै उनले मर्यादित रोजगारी र कार्यस्थलबाट नै मताधिकार हुनुपर्ने माग गरे ।

सो अवसरमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार व्यवसायीलाई हिलो छ्याप्ने काम बन्द गर्न आग्रह गर्दै सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी निर्माण गर्नु महासंघको प्रमुख चासो र जिम्मेवारी भएको बताए ।
अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि विना कुँवर थापाले सम्बन्धित सबै सरोकारवालाहरुले एकअर्कामा समन्वय गरी काम गरेमा आप्रवासी श्रमिकहरुको हित हुने धारणा राखिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: