
रकम लिएर रोजगारीका लागि भिजिट भिसामा नेपालीलाई विदेश पठाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचारी पदम लामा छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उनीहरुलाई पक्राउ गरेको हो । एसपी मिलन केसीका अनुसार, उनीहरुले अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने गरेका थिए ।
यस अघि प्रहरीले अध्यागमन कार्यालयका कर्मचारी, प्रहरी, नेपाल वायुसेवाका कर्मचारी लगायतलाई पक्राउ गरिसकेको छ । प्रहरीको अनुसन्धानका क्रममा सो ट्राभल एजेन्सीले ३ सय जनालाई भिजिट भिसामा पठाएको पाइएकोले त्यसका सञ्चालक र कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।