इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरुले गैर कानुनी रुपमा प्रलोभनमा पारेर रकम उठाउने गरिएको जानकारीमा आएको भन्दै यसमा सजग रहन वैदेशिक रोजगार विभागले सूचित गरेको छ । कृषि क्षेत्रको लर्न एण्ड अर्न तथा अन्य क्षेत्रको नाममा हुन सक्ने ठगिबाट बच्न विभागले अनुरोध गरेको हो ।

विभागले जारी गरेको सुचनामा नेपाल र इजरायल सरकारबीच इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने बारेमा छलफल भइरहेको तर यस बारेमा हाल कुनै निर्णय भइनसकेको जनाइएको छ । तसर्थ सो विषयमा भ्रममा नपर्न विभागले अनुरोध गरेको हो ।
यसरी कसैले प्रलोभन देखाएमा विभागमा जानकारी गराइदिन अनुरोध गर्दै हाल प्राप्त जानकारीका विषयमा सुक्ष्म अनुसन्धान भइरहेको पनि जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: