काठमाडौं, थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको रोजगारीमा लगाइदिने प्रलोभनमा पारेर दुईजनालाई म्यानमार पुर्याएर बिक्री गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका–४ की २७ बर्षिया कबिता गुरुङ छन्। यो प्रकरणमा पक्राउ पर्ने गुरूङ दोश्रो व्यक्ति हुन् । गत शुक्रबार मात्रै ब्युरोले यसमा संलग्न एक पुरूषलाई पक्राउ गरेको थियो।

मानव बेचविखन अनुसन्धान व्यूरोका अनुसार उनी सहितका व्यक्तिले ति नेपालीलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई बन्धक बनाई दिनको १८–२० घण्टासम्म अनलाइन ठगीको काममा लगाएका थिए । प्रहरीले यो मानव बेचविखन भएको बताएको छ । सोमबार काठमाडौंबाट पक्राउ परेकी उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार त्यसरी झुक्याएर पठाइएका व्यक्तिहरुलाई थाइल्याण्डस्थित कम्पनीमा अंग्रेजी टाइपिङको काममा मासिक एक हजार डलर कमाई हुने तथा खाने, बस्ने व्यवस्था समेत कम्पनीले नै गर्ने भनेर प्रलोभन देखाइएको थियो । पक्राउ परेकी व्यक्तिले पिडीतहरूलाई काठमाडौंस्थित आफ्नो घरमा बोलाई अंग्रेजीको टाइपिङ स्पिड चेक गरेको र उक्त परीक्षामा पास भएकोले पीडितहरुलाई पैसाको जोहो गर्न लगाई उनीहरुबाट जनही २ लाख ६० हजारका दरले पैसा समेत असुलेर म्यान्मार पठाएको खुल्न आएको प्रहरीले जनाएको छ।

पीडितहरूलाई थाइल्यान्ड भनि झुक्याई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई फेसबुक, ह्वाटसएप, ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत अमेरिकी, युरोपियन नागरिकहरूलाई के कसरी ट्रयापमा पारी अनलाइन मार्फत बिटक्वाइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न आकर्षित गर्न सकिन्छ भन्ने बारेमा तालीम समेत दिएको खुल्न आएको छ।

कम्पनीले निश्चित अवधिमा अमेरीकी नागरीकलाई भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने गरि टार्गेट तोक्ने गरेको र सो टार्गेट पुरा गर्न नसकेमा कुटपिट गर्ने, इलेक्ट्रिक सक लगाउने जस्ता शारीरिक मानसिक यातना समेत दिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी क्यामेरा समेत जडान गरी कम्पनी भन्दा बाहिर आफूखुसी जान नपाउने गरि कम्पनी भित्रै १८–२० घण्टा सम्म अनलाइन गठीको काममा लगाई साइवर स्लेभ (साइबर दास) को रुपमा श्रम शोषण गर्ने गरिएको प्रहरीको भनाई छ। म्यानमार पुगेको ९ महिनापछि नेपाल फर्कन पीडितहरू म्यानमारस्थित कम्पनीलाई ८ लाख तिर्न बाध्य भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: