इपिएस कार्यालयको प्रदर्शन, सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीले हान्यो अश्रुग्यास

मेनुफेक्चर (औद्योगिक) तर्फको हालसालै भएको सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीलाई अन्याय भएको भन्दै दुईसय भन्दा बढी विद्यार्थीहरू विरोध प्रदर्शनमा उत्रेका छन् । यसले ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयमा सोमबार दिनभर तनाव भयो । प्रदर्शनकारीले सडक अवरुद्ध गरेर प्रदर्शन हिंसात्मक हुन थालेपछि प्रहरीले सडक खुलाउन बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

विहान साढे १० बजे देखि नै त्यहाँ नारावाजी सुरु भएको थियो । यसअघि सीप बिल्डिङका परीक्षा दिएकामध्ये ४ हजार उत्तीर्ण भएका थिए भने २८ हजार अनुत्तीर्ण भएका थिए । ईपीएस प्रणाली अन्तर्गत एकजना विद्यार्थीले वर्षमा एक पटकमात्रै परीक्षा दिन पाउँछन् । ईपीएस शाखाले भाषा परीक्षा २०२३ को डिसेम्बर महिनामै खोलेपछि ती अनुत्तीर्ण भएका २८ हजार विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । उनीहरुले २०२४ को परीक्षा २०२४ मा नै सञ्चालन गर्नुपर्ने, ३३ हजार विद्यार्थीको भविष्य अन्धकारमा पार्न नहुने लगायतका माग राखेका छन् । एक बर्षभित्रै दुईपटक परीक्षा खोलेको भन्दै त्यसलाई रद्द गर्नुपर्ने माग सहित चार दिनदेखि ईपीएस कार्यालयमा धर्ना चलिरहेको थियो । सोही क्रममा सोमवार झडप भएको हो ।

कार्यालयमा धर्ना दिँदा सुुनुवाइ नभएको भन्दै सोमबार उनीहरू सडक अवरुद्ध गर्दै ग्वार्को चोकमा पुगेका थिए। सडक नै अवरुद्ध भएपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाएको थियो।

उनीहरूले सीप बिल्डिङमा फेल भएकाले फर्म भर्न पाउनुपर्ने, बुँदा नम्बर ५ को च खारेज हुनुपर्ने, सन् २०२४ को फर्म २०२४ मा नै खुला गर्नुपर्ने लगायतका नारा लगाएका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: