साउदीको जुबेलमा दूतावासको घुम्ति शिविर सञ्चालन हुने

साउदी अरबको जुबेल शहरमा विद्युतिय राहदानीका लागि लाइभ इन्रोलमेण्ट घुम्ती शिविर सञ्चालन हुने भएको छ । डिसेम्वर २२ र २३ मा हुने सो घुम्ती शिविरमा पहिलो दिन विहान ७ बजेदेखि बेलुकी ५ बजेम्म तथा दोश्रो दिन विहान ७ बजेदेखि अपरान्ह ३:३० सम्म सेवा दिइने दूतावासले जनाएको छ । यसका लागि प्रिइन्रोलमेण्ट खुल्ला गरिएको छ ।

अनलाइन फारम (प्रिइन्रोलमेण्ट) गर्दा राहदानी र नागरिकता अनिवार्य रुपमा क्क्यान गर्ने, नागरिकता अपलोड गर्दा अगाडी र पछाडीको दुवैपट्टीको फाटो छुट्टा छुट्टै अपलोड गर्ने, यसैगरी राहदानीको ३१ पेजको र आफ्नो फोटो भएको पेज स्क्यान गरेर अपलोड गर्न दूतावासले अनुरोध गरेको छ । फारम भरिसकेपछि डाउनलोड पिडिएफमा क्लीक गरेर प्रिन्ट गर्नुपर्नेछ । मोवाइलको स्कृनसटबाट प्रिन्ट गरिएको फारम स्वीकृत नहुने दूतावासले स्पष्ट पारेको छ ।

दूतावासले राहदानी आवेदनका लागि आउँदा अनलाइन भरेको (प्रिइन्रोलमेण्ट गरेको) बारकोडयुक्त फारम अनिवार्य रुपमा लिएर आउन भनेको छ । यस्तो फारम भरेर प्रिन्ट गरेर ल्याउनु पर्नेछ । यसैगरी सक्कल राहदानी, नागरिकको सक्कल, सक्कल नभएमा अगाडी र पछाडी दुवै पेजको फोटोकपि ल्याउनु पर्नेछ । हराएको राहदानी नविकरण गर्नुपर्ने भएमा प्रहरी रिपोर्ट वा कम्पनीले दूतावासलाई सम्वोधन गरेर लेखेको पत्र साथमा ल्याउनु पर्नेछ ।

यसरी आवेदन दिनेहरुले जुन दिनका लागि आवेदन दिएको हो सोही दिन उपस्थित हुन र ३१ जुलाई २०२४ भित्र राहदानीको म्याद सकिने व्यक्तिहरुले मात्र राहदानी नविकरणका लागि आवेदन दिन दूतावासले अनुरोध गरेको छ । राहदनी बनाउन २०० साउदी रियाल शुल्क लाग्ने र राहदानी हराएको वा कुनै कारणले विग्रिए वा च्यातिएको भएमा ४ सय रियाल शुल्क लाग्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: