रुस युक्रेन युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ६ जना नेपाली मारिएको घटना सार्वजनिक भएसँगै मानव तस्करीको अर्को एउटा पक्ष सार्वजनिक भएको छ । सो घटनापछि त्यसरी नेपाली युवालाई भिजिट भिसा वा अन्य भिसामा विभिन्न मुलुक हुँदै रुस पुर्याउने काममा संलग्न रहेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक पनि गरेको छ । प्रहरीका अनुसार ति व्यक्तिले नेपाली युवालाई युवालाई भारत, संयुक्त अरव इमिरेट्स (यूएई) हुँदै रुससम्म पुर्याउने गरेका थिए ।

पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा मुख्य व्यक्ति भएको प्रहरीको दावी छ । उनी म्यानपावर सञ्चालकसमेत हुन् । काठमाडौं प्रहरीका डीएसपी अंगुर जिसीका अनुसार, उनले दुई पटक गरेर १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन् । पहिलो पटक ७ जना र दोश्रो पटक ११ जनालाई उनले रुस पठाएको बयान दिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार हरिबहादुर पूर्वसैनिक समेत हुन् । उनले ५ वर्षअघिदेखि मेनपावर कम्पनी चलाउँदै आएका थिए । उनले नेपाली सुरक्षा निकायका अधिकृतहरुलाई नै समेत प्रलोभन देखाएर रुस पठाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु मध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत बरामद भएको छ । दाहालले पहिले कन्सल्टेन्सी चलाउने गरेको प्रहरीको भनाई छ ।

पक्राउ पर्ने अन्यमा काठमाडौं जोरपार्टीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनिष न्यौपाने, काठमाडौं–१६ का रोजल महर्जन, बुढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल छन् । यसैगरी बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गिरोहले पहिले टिकटक, पछि फेसबुक र अन्य माध्यमबाट ७ लाख जति खर्च हुन्छ, मासिक २ लाख रुपैयाँ कमाई हुन्छ भनेर प्रचार गरेको थियो । योग्यता र समयअवधि अनुसार तलव बढ्दै जाने प्रलोभन दिइएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: