विदेशबाट हुण्डी गरि पठाएको रकम नेपालमा भुक्तानी गर्नेहरुले अनलाइन सम्वद्ध ठगि (फ्रड, स्क्याम) मार्फतबाट प्राप्त गैरकानुनी रकम हुने गरेको पाइएको भन्दै प्रहरीले सजग गराएको छ । विदेशमा कुनै व्यक्तिले आफन्तलाई रकम दिनु भनी बुझाएको रकम नेपालमा भुक्तानी गर्नेले आपराधिक गतिविधि मार्फत आर्जन गरेको रकम सम्वन्धित व्यक्तिलाई बुझाउने गरेको पाइएको प्रहरीको भनाई छ ।

नेपाल प्रहरीको साइबर व्यूरोले एक विज्ञप्ती जारी गर्दै यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तले पाउने गरी पठाइदिनु भनेर रकम दिने गरेको तर त्यसरी रकम बुझ्ने व्यक्तिले नेपालमा अनलाइन ठगीको माध्यमबाट कमाएको रकम जम्मा गरिदिने बताएको हो । व्यूरोले विदेशमा दु:ख गरी कमाएको रकम गलत धन्दा गरेर कमाएको रकममा रुपान्तरण हुनबाट बच्न पनि सचेत गराएको छ । यस्तो रकम प्राप्त गर्ने व्यक्ति पनि कानुनी कारवाहीको भागिदार हुने भन्दै रकम पठाउँदा आधिकारिक माध्यम मार्फत मात्र पठाउन अनुरोध गरेको छ ।

व्यूरोले पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न झुठ्ठो प्रलोभनमा पारी ठगि गर्ने गरेको पाइएको भन्दै यसबाट जोगिन अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: